सप्तरीमा ९ जनामा संक्रमण पुष्टि <p>काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिकाका थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।&nbsp;</p> <p>बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।</p> <p>संक्रमित हुनेमा एक महिला र आठ जना पुरुष छन्। उनीहरूलाई आइसोलेसनमा राख्&zwj;नने तयारी भइरहेको यादवले जानकारी दिए। संक्रमित सबै भारतबाट आएका थिए। योसहित सप्तरीमा संक्रमितको संख्या ४२ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्