माटोको ढिस्कोमा पुरिएर मृत्यु
<p>कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।</p>
<p>गौरीगंगा नगरपालिका ८ मा माटोको ढिस्कोमा पुरिएर १८ वर्षीय भुवन बोहराको मृत्यु भएको हो । यस्तै, ४० वर्षीय दुर्गा मन्‍नी गम्भीर घाइते भएकी छन् । </p>
<p>घर लिपपोत गर्न गौरी गणेश सामुदायिक वनमा माटो खन्‍ने क्रममा माथिबाट ढिस्को खसेर पुरिएका दुवैजनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मन्‍नीको उपचार भइरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
