भारतबाट फर्किएका ३२ हजार ७३२ जना सुदूरपश्चिमका क्वारेन्टाइनमा

कैलाली। सुदूरपश्‍चिमका विभिन्न पालिकामा ३२ हजार सात सय ३२ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार भारतका कोरोना भाइरसको जोखिम रहेका क्षेत्रबाट फर्किएका उनीहरूलाई क्‍वारेन्टाइनमा राखिएको हो।

क्‍वारेन्टाइनमा राखिएकामध्ये पुरुषको संख्या बढी छ। निर्देशनालयका अनुसार २८ हजार नौ सय २२ जना पुरुष र तीन हजार आठ सय १० महिला छन्। सबैभन्दा बढी कैलालीमा सात हजार आठ सय ९८ र कञ्‍चनपुरमा पाँच हजार पाँच सय ९२ जनालाई क्‍वारेन्टाइनमा राखिएको निर्देशनालयले जनाएको छ।

यस्तै, डोटीमा पाँच हजार चार सय ५७, बैतडीमा चार हजार एक सय ७२, डडेल्धुरामा तीन हजार एक सय ३३, अछाममा दुई हजार एक, बझाङमा एक हजार सात सय ३२, बाजुरामा एक हजार नौ सय ३९ र दार्चुलामा आठ सय आठ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ।

त्यसरी क्‍वारेन्टाइनमा राखिएकाहरूको स्वास्थ्य परीक्षण भने हुन सकेको छैन। सुदुरपश्‍चिम प्रदेशमा अहिलेसम्म पीसीआर विधिबाट कोरोना जाँचका लागि पाँच हजार सात सय १५ जनाको नमुना संकलन गरिएकोमा पाँच हजार तीन सय ७९ जनाको रिपोर्ट आएको छ।

प्रदेशका २१ जनामा कोरोना पोजिटिभ देखिएकामा पाँचजना निको भएर घर फिरेका छन्।

कोरोना पोजिटिभ देखिकाहरूमा कैलालीका १० चार जना निको भएर घर फिरेको), कञ्‍चनपुर एक (निको भएको), बैतडीका ५, डडेलधुरा १, दार्चुला एक, अछामका दुई र बझाङका एकजना (सुर्खेतमा उपचाररत) रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्