दशगजा क्षेत्रमा यूएनडीपीको टेन्ट
<p>कैलाली। भारतबाट आएका नेपालीहरूलाई सुविधाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले दशगजा क्षेत्रमा टेन्ट उपलब्ध गराएको छ।</p>
<p>भारतबाट आएका नेपालीले दशगजा क्षेत्रमा खुला आकाशमा बस्‍नुपर्ने बाध्यता हटाउन यूएनडीपी सुदूरपश्‍चिम कार्यालयले स्वास्थ्य निर्देशनालयलाई दशगजा क्षेत्रमा टेन्ट बनाउन दुई सय थान त्रिपाल दिएको छ।</p>
<p>यूएनडीपीले उनीहरूलाई पिउनेपानीको सुविधाका लागि २० वटा ट्यांकीसमेत हस्तान्तरण गरेको छ।</p>
<p>यूएनडीपी सुदूरपश्‍चिमका सतिश पाण्डेले स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणाकर अवस्थीलाई हस्तान्तरण गरेका त्रिपालले हिजो सीमा क्षेत्रमा टेन्ट बनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
