निजी विद्यालयका संघसंस्थासँग आज शिक्षामन्त्रीले छलफल गर्दै

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटमा असन्तुष्‍टी व्यक्त गर्दै आएका निजी विद्यालयका संघसस्थाका प्रतिनिधिहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गर्दैछन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्‍ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), राष्‍ट्रिय अभिभावक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायत संस्थाका प्रतिनिधिसँग आज शिक्षामन्त्रीले छलफल गर्न लागेका हुन्।

प्याब्सन महासचिव कुमार घिमिरेले आफूहरूले पटक-पटक शिक्षा क्षेत्रका समस्या, आफूहरूले भोग्दै आएको पीडालगायत विषय जानकारी गराए पनि बजेटले झन् पीडा दिएको बताए।

कोभिड-१९ महामारीका बीच २१ जेठदेखि कम्तिमा पनि विद्यालयको प्रशासन खोल्न पाउनुपर्ने उनीहरूको माग छ। यसैका लागि उनीहरूले १५ जेठमा सरकारसँग अनुरोधसमेत गरेका थिए।

लकडाउनपछि परिवर्तित सन्दर्भमा भौतिक दूरी कायम राखी विद्यार्थी भर्ना प्रक्रिया शुरू गर्न दिन सरकारसँग अनुरोध गर्दै आएका छन्। "हामीले अनलाइन तथा भर्चुअल कक्षा सञ्‍चालनका लागि सबैले घरमै बसेर त सम्भव हुँदैन। कमसेकम विद्यालयको प्रशासन तत्काल खोल्न पाए थप गृहकार्य गर्न सकिन्थ्यो। भर्चुअल कक्षा चलाउन पनि केही तयारी त गर्नुपर्छ," उनले भने।

प्रतिक्रिया दिनुहोस्