फेडेरर सबैभन्दा धेरै कमाउने खेलाडी

काठमाडौं। टेनिस खेलाडी रोजर फेडेरर विश्‍वमा सबभन्दा धरै कमाउने खेलाडी बनेका छन्। फोर्ब्स म्यागेजिनले निकालेको वर्षभरमा धेरै कमाउने खेलाडीको सूचीमा फेडेरर शीर्ष स्थानमा रहेका हुन्।

फोर्ब्सका अनुसार फेडेररको वर्षभर १० करोड ६३ लाख अमेरिकी डलर कमाइ भएको छ । धेरै कमाउनले खेलाडीको सूचीमा टेनिस खेलाडी शीर्षमा रहेको सन् १९९० पछि यो पहिलो हो।

कीर्तिमानी २० पटक ग्राण्ड स्लामको उपाधि जितेका फेडेररले पुरस्कार रकमबाट ६३ लाख अमेरिकी डलर आम्दानी गरेका थिए। बाँकी आम्दानी उनले विज्ञापनबाट गरेका थिए।

फेडेररपछि फुटबल खेलाडी क्रिष्‍टियानो रोनाल्डो, लियोनल मेसी, नेइमार क्रमशः दोस्रोदेखि चौथो स्थानमा छन्। पाँचौं स्थानमा बास्केटबल खेलाडी लेबर्न जेम्स, स्टेफन करी र केभिन डुरान्ट क्रमशः पाँचौंदेखि सातौं स्थानमा छन्। गल्फ खेलाडी टाइगर उड आठौं स्थानमा छन्।

एक सय जनाभित्र दुई खेलाडी छन्। दुवै टेनिसका हुन्। तीन करोड ७४ लाख अमेरिकी डलर कमाइ गरेकी नाओमी ओसाका २९औं स्थानमा छिन् भने सेरेना विलियम्स तीन करोड ६० लाख अमेरिकी डलर कमाएर ३३औं स्थानमा छिन्।

युभेन्टसका रोनाल्डोले १० करोड ५० लाख, बार्सिलोनाका मेसी १० करोड ४० लाख तथा नेइमारले ९ करोड ५५ लाख अमेरिकी डलर कमाइ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्