फ्रान्समा कोभिड-१९ का बिरामीमा मलेरियाको औषधि परीक्षण बन्द
<p>पेरिस । फ्रान्सको बहुराष्‍ट्रिय औषधि कम्पनी ‘सनोफी’ले कोभिड-१९ बिरामीमा मलेरियाको औषधि परीक्षणका रूपमा प्रयोग गर्न बन्द गरेको छ ।</p>
<p>मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्‍वाइनलाई कोभिड-१९ का बिरामीका लागि उपयोग गरिनुपर्ने तर्क अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्‍ट्रपति जायर बोल्सोनारो र एलसाल्भाडोरका राष्‍ट्रपति नयिब बुकुलेले गर्दै आएका छन् ।</p>
<p>समाचार एजेन्सी रोयटर्सका अनुसार जबसम्म यस औषधिलाई लिएर सुरक्षा चिन्ता समाप्त हुँदैन, तबसम्म कोभिड-१९ का बिरामीलाई यसको परीक्षण नगरिने सनोफीले बताएको छ ।</p>
<p>विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानम गेब्रियससले मेडिकल जर्नल ‘लान्सेट’मा कोभिड-१९ का बिरामीलाई हाइड्रोक्सिक्लोरोक्‍वाइन दिनु भनेको बिरामीको जीवन जोखिममा पार्नु रहेको बताएका छन् । त्यसलगत्तै केही युरोपेली मुलुकले यसको प्रयोग बन्द गराइसकेका छन् ।</p>
प्रतिक्रिया दिनुहोस्
