दैलेखको एउटै नगरपालिकामा थपिए १४ संक्रमित <p>कैलाली । दैलेखको एउटै नगरपालिकाका १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।</p> <p>कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा हिजो गरिएको परीक्षणमा नारायण नगरपालिका २ दैलेखका १४ जनामा कोरोना संक्रमण देखिएको हो ।</p> <p>नगरपालिकाको वडा नम्बर २ का २१ वर्षीय पुरुष, वडा नम्बर ३ का ३० वर्षय पुरुष, वडा नम्बर ४ का २५, २८ र ३५ वर्षका पुरुष, वडा नम्बर ६ का ४१ वर्ष, वडा नम्बर ८ का २० र २२ वर्षका, वडा नम्बर ९ का २३ र ५०, वडा नम्बर १० का १७ र २२, वडा नम्बर ११ का १८ र २७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।</p>
प्रतिक्रिया दिनुहोस्