ब्राजिलमा कोभिड-१९ का मृतक स्पेनमा भन्दा बढी
लन्डन। कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ब्राजिलमा स्पेनभन्दा बढी भएको छ।

ब्राजिलका स्वास्थ्यमन्त्रीका अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय २४ जनाको मृत्यु भएको छ। त्यससँगै मृतक संख्या २७ हजार आठ सय ७८ पुगेको छ।

स्पेनमा मृतकको संख्या २७ हजार एक सय २१ छ। संक्रमित संख्यामा पनि ब्राजिल दोस्रो नम्बरमा छ।

रुसमा पछिल्लो २४ घण्टामा दुई सय ३२ जनाको मृत्यु भयो। त्यससँगै मृतक संख्या चार हजार तीन सय ७४ पुगेको छ। २४ घण्टायता आठ हजार पाँच सय ७२ नयाँ बिरामी थपिए। त्यससँगै संक्रमित संख्या तीन लाख ८७ हजार ६ सय २३ पुगेको छ।

इरानमा हिजो दुई हजार आठ सय १९ संक्रमित थपिए र ५० जनाको मृत्यु भयो। त्यससँगै मृतक संख्या सात हजार ६ सय ७७ र संक्रमित संख्या एक लाख ४६ हजार ६ सय ६८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्