काठमाडौं। कोभिड–१९ को जोखिम कम गर्न दीपक बज्राचार्यले युनिसेफ दक्षिण एशियासँग मिलेर सचेतनामूलक गीत ‘द कोरोना सङ’ सार्वजनिक गरेका छन् ।
गीतले भन्छ –
टाढा बसेर नै साथ दिनु बरु, साथ दिनु हात नमिलाइदिनु, यो क्षणमा
जो सुकैलाई हुन सक्ने रोग यो, गरीब धनी र धर्म हेरेर लाग्दैन यो, भीडभाड नगरौँ
गलत कुरा नसुनाैं, सबै मिलेरै हटाऔं कोरोना, कोरोना...
आज १६ जेठमा गीत युट्युबमार्फत् सार्वजनिक गर्दै दीपकले लेखेका छन्, “अहिले विश्व नै कोभिडको चुनौतीहरूको सामना गरिरहेको छ। लकडाउन, अनिश्चितता, डर, चिन्ताको यो समयमा डिप्रेसन पनि हुन सक्छ। सूचित रहेर, जिम्मेवार बनेर र अरूको ख्याल राखेर हामी यस महामारी र यसको सबै प्रभावहरूबाट बच्न सक्छाैं।”

कोरोना भाइरसको कुनै सीमा नभएको उल्लेख गर्दै दीपकले यस कठिन अवस्थाबाट माथि उठ्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्। त्यसकारण युनिसेफको दक्षिण एशियाको क्षेत्रीय कार्यालयसँगको सहकार्यमा यो कोरोना गीत बनाएको उनले बताएका छन्। संगीत, कलाको शक्तिको माध्यमबाट मानिसहरूसम्म विचार र भावना अभिव्यक्त गर्ने आशा उनले लिएका छन्।
दीपक र चेरिसाको स्वर रहेको गीतमा संगीत दीपकको छ भने गीतको भिडिओ कन्सेप्ट चेरिसाको रहेको छ। भिडिओ निर्देशन र ड्रम रिकी शाक्यले सम्हालेका छन्। बिकी शाक्य, रोजन कायस्थ, नरेश प्रजापति, रोशन महर्जन, सुनन महर्जन, मानिक महर्जन, सचेन बज्राचार्यले वाद्यवादन गरेका छन्।

साथै गीतमा नेपाली कला संस्कृतिको सम्मिश्रण पनि पाइन्छ। गीतमा लिजेन्द्र महर्जनले झाक्रीको नृत्य छ भने राजीप बज्राचार्यले लाखे नृत्य गरेका छन्।
साथै स्वजन रघुवंशी, ग्रिस्मा महर्जन, रेजु महर्जन र अलिसा पाठकले नृत्य गरेका छन्।
" /> काठमाडौं। कोभिड–१९ को जोखिम कम गर्न दीपक बज्राचार्यले युनिसेफ दक्षिण एशियासँग मिलेर सचेतनामूलक गीत ‘द कोरोना सङ’ सार्वजनिक गरेका छन् ।गीतले भन्छ –

">