काठमाडौं। लाजियोका अध्यक्ष क्लाउडियो लोटिटोले कोरोभा भाइरस संक्रमणको संकटपछि सिरी ‘ए’ लिग शुरू हुनु इटालियन फुटबलको जित भएको बताएका छन्।
इटालियन सिरी २० जुनबाट पुनः शुरू गर्न सकिने खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले हिजाे घोषणा गरेका थिए।
कोभिड-१९ महामारीका कारण २०१९/२० को सिजन गत मार्चबाट स्थगित भएको थियो। तथापि क्लबहरूले यसै महीनाबाट प्रशिक्षण शुरू गरेका थिए। लिग स्थगित हुँदा लाजियो साविक विजेता युभेन्टसभन्दा एक अंकले पछि छ।
लाजियोका अध्यक्ष लोटिटोले भने, ‘‘यो लोटिटोको मात्र जित होइन, सम्पूर्ण इटालियन फुटबलको जित हो। सिरी ‘ए’ खेलकुदको महत्त्वपूर्ण लिगमध्येको एक हो। म विश्वस्त छु की लिग पुनः शुरू हुँदा यसअघि विश्वमा हाम्रो फुटबलको जुन छबि थियो, त्यो कायम रहनेछ।’’
" /> काठमाडौं। लाजियोका अध्यक्ष क्लाउडियो लोटिटोले कोरोभा भाइरस संक्रमणको संकटपछि सिरी ‘ए’ लिग शुरू हुनु इटालियन फुटबलको जित भएको बताएका छन्।इटालियन सिरी २० जुनबाट पुनः शुरू गर्न सकिने खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले हिजाे घोषणा गरेका थिए।

">