कैलाली। धनगढीमा निर्माण सम्पन्न भएको कोरोना उपचार कक्ष हस्तान्तरण भए पनि सञ्चालनमा आउन सकेको छैन।
सुदूरपश्चिम प्रदेश सरकारको लगानी तथा जिल्ला स्वास्थ्य कार्यालय कैलालीमार्फत् निर्माण सम्पन्न भएको कोरोना अस्पताल सेती प्रादेशिक अस्पताल धनगढीलाई हस्तान्तरण गरिँदा पनि सञ्चालनमा आउन नसकेको हो।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पाँच दिन अगाडि १२ जेठमा अस्पताल हस्तान्तरण गरेका थिए। भवन निर्माण सम्पन्न भए पनि अन्य स्वास्थ्य उपकरणलगायतका सामाग्री जडानको काम बाँकी रहेकाले सञ्चालनमा आउन ढिलाइ भएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेयले बताए।
“भवन बन्यो उपकरण व्यवस्थापनको काम भइरहेको छ। आईसीयू, एनआईसीयूलगायतका उपचार सामग्रीहरू जडानको काम भइरहेको छ”, मेसु पाण्डेयले भने- “कोरोना संक्रमितलाई सम्भवत आइतबारदेखि राख्ने योजना बनाइरहेका छौं। त्यसका लागि डाक्टर नर्सहरूको ड्युटी तालिका पनि बनाइसकेका छौं।”
.jpg)
किनारा कन्सट्रक्सनले ९४ लाख रूपैयाँको लागतमा निर्माण सम्मन्न गरेको अस्पतालमा बिरामीका लागि आवश्यक पर्ने शय्या, अक्सिजन प्लान्ट, खानेपानी, बिजुली, शौचालयको व्यवस्थापनको काम भइरहेको छ। अब थप व्यवस्थापन र सञ्चालनको काम सेती प्रादेशिक अस्पताललाई दिइएपछि भवनबाहेकको काम भइरहेको डाक्टर पाण्डेयले बताए।
१ वैशाखदेखि निर्माणको काम शुरू गरिएको अस्पतालको भौतिक संरचना निर्माण ३१ वैशाखमा नै पूरा भएको थियो। नेपालमै भएको निर्माण सामग्री प्रयोग गरेर ‘प्री-फ्याब हाउस’ तयार पारिएको छ।
" /> कैलाली। धनगढीमा निर्माण सम्पन्न भएको कोरोना उपचार कक्ष हस्तान्तरण भए पनि सञ्चालनमा आउन सकेको छैन।सुदूरपश्चिम प्रदेश सरकारको लगानी तथा जिल्ला स्वास्थ्य कार्यालय कैलालीमार्फत् निर्माण सम्पन्न भएको कोरोना अस्पताल सेती प्रादेशिक अस्पताल धनगढीलाई हस्तान्तरण गरिँदा पनि सञ्चालनमा आउन नसकेको हो।

">