काठमाडाैं। २१ चैत २०७६ मा कपिलवस्तुको विजयनगर गाउँपालिका-१ को गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भए। गाउँको उत्तरदेखि शुरू भएको आगलागी हावाको बहावका कारण पूरै गाउँमा फैलिएको थियो। आगोबाट मानवीय क्षति त भएन तर, करोडौंको क्षति भयो।

“गाउँपालिकामा दमकल छैन, कृष्णनगर नगरपालिकासँग दमकल मगायौं तर त्यहाँको दमकल पनि बिग्रेको रहेछ, तौलिहवाबाट दमकल आउँदासम्म क्षति भइसकेको थियो”,  विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले देखापढीलाई भनिन्।

आगलागीपछि गाउँपालिकाको बैठक बसेर व्यवस्थापनको जिम्मा इलाका प्रहरी कार्यालयलाई दिइएको र अचानक आगलागी हुँदा स-साना बाल्टिन, पानी फ्याँक्ने मोटरजस्ता सामग्रीहरूको व्यवस्थापन गर्ने निर्णय गाउँपालिकाले गरेको चौधरीले बताइन्।

त्यस्तै १९ वैशाखमा ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा सात घर जलेर नष्ट भए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सेनासहित स्थानीयवासीको सहयोग र दमकल पुग्दा पनि आगो नियन्त्रण गर्न झन्डै चार घण्टा लाग्यो।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला भन्छन्, “आगलागी तुरून्तै आइपर्ने विपत्ति हो, यो अचानक हुन्छ। हरसम्भव सबैजना जुटेर नियन्त्रण गर्ने हो। सुरक्षा निकायको विशेष प्रयोग गर्ने र दमकल प्रयोग गरेर नियन्त्रण गर्ने सोंचेका छौं।”

आगलागी नियन्त्रण गर्न नगरपालिकाले क्युआरटी (क्वीक रेस्पोन्स टीम) बनाएको छ। त्यो टीमलाई तालिम दिइसकिएको छ। थप दमकल र पाइप किन्ने काम पनि भइसकेको सिडिओ कार्यालय ताप्लेजुङले जनाएको छ।

“आगलागीपछि आकस्मिक रूपमा दमकलका लागि बजारका ट्याङकीबाट ठूलो पाइप तलसम्म जडान गर्ने काम पनि भएको छ”, प्रजिअ निरौलाले भने, “आगो नियन्त्रण गर्न प्रयोग हुने ५० वटा हेल्मेट पनि मगाएका छौं।”

२० वैशाखमा सिरहाको लहान २० नम्बर वडामा राति २ बजे आगलागी भयो। आगलागीमा परेर दुईजना घाइते भए।

कोभिड–१९ सँग जुध्न लागू गरिएको लकडाउनका कारण आममानिस अहिले घरभित्रै छन् तथापि आगलागी भने हुन छोडेको छैन। यसै पनि गर्मीको मौसम आगलागीको जोखिमयुक्त मौसम हो।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार ६ र ७ जेठ (दुई दिन)मा ९ जिल्लाका १० ठाउँमा आगलागीका घटना भएका छन्। आगलागीका कारण सात घरमा क्षति पुग्यो भने दुईजना गम्भीर घाइते भए। ६ वटा गोठसमेत जलेर नष्ट भए भने ६२ वस्तुभाउ मरे। खोटाङ, उदयपुर, सिरहा, रौतहट, पर्सा, रूपन्देही, काठमाडौं, अर्घाखाँचीमा आगलागी भएको थियो।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले देखापढीसँग भने, “गर्मीको सिजनमा खासगरी चैत, वैशाख र जेठमा आगलागीका घटना धेरै हुन्छन्, सावधानी अपनाउनुपर्ने समय यही हो।”

गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार २०७५ सालमा मात्रै दुई हजार ७७३ वटा आगलागीका घटना भएका भएका छन्। जसमा ८९ जनाले ज्यान गुमाए भने ३४३ जना घाइते भए। तीन हजार ९६० परिवार प्रभावित बने। एक हजार ७२० वटा घर पूर्णरूपमा क्षति भएको थियो। २०७५ सालमा आगलागीबाट चार अर्ब पाँच करोड ६४ लाख ८५ हजार ८३४ रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

२०७६ मा दुई हजार ४८७ वटा आगलागीका घटना भएका छन्। आगलागीमा परेर ४९ जनाले ज्यान गुमाए भने २५४ जना घाइते भए। आगलागीका कारण तीन हजार १३८ परिवार प्रभावित बने।

आगलागीबाट एक हजार ३२१ वटा घरमा पूर्णरूपमा जलेर नष्ट भए। आगलागीका कारण अनुमानित दुई अर्ब ७८ करोड ९४ लाख १७ हजार ६२० रूपैयाँको क्षति भएको थियो।

२०७७ को १ वैशाखदेखि ११ जेठसम्म १८६ वटा आगलागी घटनाका घटना भएका छन्। जसमा दुईजनाको मृत्यु भएको छ, २५ जना घाइते भएका छन्। २५७ परिवार प्रभावित भएका छन् भने ९७ वटा घरमा पूर्णरूपमा क्षति भएको छ। अहिलेसम्म १५ करोड ७२ लाख ३४ हजार १०० रूपैयाँको अनुमानित क्षति भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कसरी हुन्छ आगलागी ?

प्राधिकरणले आगलागी हुने यस्ता केही प्रमुख कारण तोकेको छ-

– बालबालिकाले लाईटर खेलाउँदा।
– खाना पकाउँदा आगोको लप्का सल्केर।
– ग्यास लिक भएर।
– विद्युत सर्ट भएर।
– घर बाहिर झिक्रा बाल्दा।
– गोठमा घूर बालेर छोड्दा।
– टुकीबाट आगो सल्केर।

आगलागीबाट जोगिने कसरी ?

– सलाई र लाइटर जस्ता कुराबाट बालबालिकालाई टाढै राख्ने।
– घरका आवश्यक स्थानहरूमा (स्मोक डिटेक्टर) राख्नुपर्छ।
– स्मोक डिटेक्टरले काम गरे नगरेको हरेक महीना चेकजाँच गर्नुपर्छ।
– घरमा अनिवार्य रूपमा फायर इक्जिटंगुइसर राख्नुपर्छ। यसको प्रयोगबारे जान्नुपर्छ।
– धूवाँ भएको ठाउँबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर निस्किने।
– आगलागी भए घरबाट बाहिर निस्किदै अरूलाई पनि जानकारी गराउने।
– आगलागीका घटना भएलगत्तै प्रहरीलाई र दमकल सेवालाई जानकारी गराउने।

" /> काठमाडाैं। २१ चैत २०७६ मा कपिलवस्तुको विजयनगर गाउँपालिका-१ को गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भए। गाउँको उत्तरदेखि शुरू भएको आगलागी हावाको बहावका कारण पूरै गाउँमा फैलिएको थियो। आगोबाट मानवीय क्षति त भएन तर, करोडौंको क्षति भयो।

"> आगो लाग्ला है, जोगिन यसो गरौं: Dekhapadhi
आगो लाग्ला है, जोगिन यसो गरौं

प्रतिक्रिया दिनुहोस्