काठमाडौं। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटले रुकुममा अन्तरजातीय प्रेम सम्बन्धका कारण पाँचजना युवाको हत्या भएको घटनाले आफू स्तब्ध भएको बताएकी छन्।
कोभिड–१९ महामारीको बीचमा रुकुम र नेपालका अन्य भागमा भएका जातीय विभेद्का घटना र हिंसाका घटनाले आफू स्तब्ध भएको बताएकी हुन्।
“२१औं शताब्दीमा पनि जातमा आधारित पूर्वाग्रह हाम्रो दुनियाँमा निकै गहिरो गरी बसेको छ। म ती दुई युवायुवतीप्रति दुःख व्यक्त गर्न चाहन्छु, जसले फरक-फरक समुदायमा जन्मेर पनि सँगै जीवन जिउने ठूलो आशा लिएका थिए”, उनले भनेकी छन्।
जातमा आधारित विभेद् नेपालमा मात्र नभएर अन्य देशमा पनि गहिरो रूपमा रहेको उल्लेख गर्दै उनले यसले धेरै नै हानि गरेको बताएकी छन्। उच्चायुक्तले १० जेठमा जाजरकोटबाट नवराज विक र उनका साथीहरू नवराजकी प्रेमिकालाई लिन उनकै आग्रह बमोजिम रुकुमस्थित घरमा जाने क्रममा उनीहरूमाथि ज्यान लिने गरी भएको आक्रमण र रुपन्देहीमा दलित समुदायकी अर्की युवतीको हत्या गरिएको घटनालाई आफ्नो प्रेस वक्तव्यमा समेटेकी छन्।
पीडितका परिवारलाई घटनाबारे सत्यतथ्य जान्ने, राहत र न्याय पाउने अधिकार रहेको बताउँदै उच्चायुक्त बाचेलेटले यी अपराधको तुरुन्तै स्वतन्त्रपूर्वक अनुसन्धान गराउन माग गरेकी छन्।
“नेपालमा संवैधानिक ग्यारेन्टी हुँदाहुँदै पनि जातीयतामा आधारित अपराधमा उन्मुक्ति उच्च छ”, संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्की प्रमुख बाचेलेटले भनिन्, “नेपालले जातीयतामा आधारित अपराधका विरुद्ध कदमहरू चालेको छ, तर समाजमा व्याप्त यस कुरीति हटाउन अझ थुप्रै गर्न बाँकी छ। अहिले उनीहरू कोभिड-१९ को उच्च जोखिममा रहेका बेला यी घटना भएका छन्।”
नेपाल सबै प्रकारका जातीय विभेद् उन्मूलन गर्ने अन्तर्राष्ट्रिय सन्धिको पक्ष राष्ट्र हो। सन् २०१८ मा भएको यसको अन्तिम समीक्षापछि अनुगमनका क्रममा नेपालमा ‘छुवाछुत’ को अन्त्य भए पनि दलित समुदायले गहिरो विभेद्को सामना गरिरहेको देखिएको थियो। अन्तरजातीय विवाहसम्बन्धी विभेद्का बारेमा पनि त्यसबेला धेरै नै चिन्ताहरू जनाइएको थियो।
नेपाललगायतका देशहरूमा दलित समुदायले दैनन्दिन विभेद् भोगिरहेको, शिक्षा र रोजगारीको अवसरमा तथा पानी भर्ने ठाउँमा र पूरा गर्ने स्थानमा समेत त्यस्तो भेदभाव रहेको भन्दै उच्चायुक्तले उनीहरूले को सँग विवाह गर्ने भन्ने सवालमा पनि विभेद व्याप्त रहेको बताएकी छन्।
पढ्नुहाेस्ः
चौरजहारी घटनापछि नदीमा हराएका थप एक युवकको शव भेटियो
अन्तरजातीय विवाह गर्न खोज्दा गयो दुई युवाको ज्यान, चारजना नदीमा बेपत्ता
" /> काठमाडौं। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटले रुकुममा अन्तरजातीय प्रेम सम्बन्धका कारण पाँचजना युवाको हत्या भएको घटनाले आफू स्तब्ध भएको बताएकी छन्।कोभिड–१९ महामारीको बीचमा रुकुम र नेपालका अन्य भागमा भएका जातीय विभेद्का घटना र हिंसाका घटनाले आफू स्तब्ध भएको बताएकी हुन्।

">