सप्तरी। सप्तरीमा आइसोलेसन वार्डको अभावमा कोरोना संक्रमितलाई क्वारेन्टाइनमा नै राखिएको छ।
संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि शय्याको अभावमा संक्रमितलाई क्वारेन्टाइनमा राख्नुपरेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. चुमनलाल दासका अनुसार अस्पतालमा रहेका २४ शय्या भरिएको छ। हिजाेकाे तथ्यांक अनुसार सप्तरीमा संक्रमितको संख्या ३३ पुगिसकेकाले अन्य व्यवस्था नहुँदासम्म संक्रमितहरूलाई बसिरहेकै क्वारेन्टाइनमा अलग्गै राख्न लगाइएको उनले बताए।
क्वारेन्टाइनमा राखिएका संक्रमितको अवस्था सामान्य रहेको उनले बताए।
" /> सप्तरी। सप्तरीमा आइसोलेसन वार्डको अभावमा कोरोना संक्रमितलाई क्वारेन्टाइनमा नै राखिएको छ।संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि शय्याको अभावमा संक्रमितलाई क्वारेन्टाइनमा राख्नुपरेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ।

">