एनप्याब्सनले भन्याे- ‘बजेटले निजी विद्यालयमाथि विभेद् गर्यो’
<p>काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशाेसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले हिजो, १५ जेठमा ल्याएको बजेटले निजी विद्यालयमाथि विभेद् गरेको बताएको छ।</p>
<p>उक्त बजेटमा निजी विद्यालयलाई उपेक्षा गरेको भन्दै यसले झन् विभेद्को स्थिति सिर्जना गरेको एनप्याब्सनको ठहर छ।</p>
<p>एनप्याब्सनले विज्ञप्तिमार्फत् कोरोना महामारीका बेला निजी लगानीमा सञ्चालित हजारौं विद्यालय समस्यामा परेको भन्दै बजेटले विभेद् सिर्जना गरेको उल्लेख गरेकाे छ।</p>
<p>‘निजी विद्यालय सञ्चालनमा वर्तमान अवस्थामा परेको असर र यस क्षेत्रलाई तत्कालका लागि गर्नुपर्ने संरक्षण तथा प्रत्याभूतिका बारेमा संयुक्त जानकारी गराइएको थियो। तर, यसको बाबजुद विद्यालय सञ्चालक, लाखौं विद्यार्थी, अभिभावक तथा यसमा आश्रित परिवारहरूको भद्र प्रस्तुतिको बेवास्ता गर्ने बर्तमान सरकारको रबैयाप्रति नेशनल प्याब्सन घोर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
