झापाको कचनकवलका थप २७ जनामा कोरोना संक्रमण

काठमाडौं। झापाको कचनकवल गाउँपालिकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा निर्देशनालयका फोकल पर्सन सुरेश मेहताले २७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

कोशी अस्पताल विराटनगरमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

हिजोसम्म झापामा संक्रमित पुष्‍टि भएका ७९ जनामध्ये ७३ जना कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ।

आज थपिएका २७ जनासहित कचनाकवलमा कूल संक्रमितको संख्या १०० पुगेको छ।

कार्यालयका अनुसार हिजो, १५ जेठमा मात्र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा थप २५ जना संक्रमित फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्