धनुषा। धनुषा जिल्लाको जटहीनाकामा १४ जेठमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएकाे पाइएको छ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ।
चार महीनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका–९ का ३० वर्षीय वीरेन्द्र गुरमैता यादवको घर आउने क्रममा जटहीनाकामा मृत्यु भएको थियो।
उनका सहकर्मीका अनुसार घर आउने क्रममा यादव भोकै ६ दिनसम्म पैदल हिँड्दै घर फर्किरहँदा भोकले बेहोस भई सो स्थानमा मृत्यु भएको थियो।
यसैबीच शहीदनगर नगरपालिकाले किरिया खर्चका लागि मृतकका परिवारलाई एक लाख रूपैयाँ दिने निर्णय गरेको जनाइएको छ। रासस
" /> धनुषा। धनुषा जिल्लाको जटहीनाकामा १४ जेठमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएकाे पाइएको छ।प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ।

">