रोटरी क्लब पशुपतिद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं। रोटरी क्लब पशुपतिले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
कोभिड-१९ महामारीको जोखिमका बीचमा खटिइरहेका ट्राफिक प्रहरीलाई एक हजार ५०० एन ९५ मास्क र साढे २७ लिटर स्यानिटाइजर उपलब्ध गराइएको हो।
रोटरी क्लबका अध्यक्ष हर्क साउँदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई ती सामग्री हस्तान्तरण गरे।
महाशाखा प्रमुख ढकालले लकडाउनलाई कडाईका साथ पालना गराउन आम नागरिकको सेवा र सुरक्षामा विचलित नभइ ट्राफिक प्रहरी सक्रियताका साथ खटिइरहने प्रतिवद्धता जनाए।
प्रतिक्रिया दिनुहोस्