रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण

काठमाडौं। प्रदेश २ को रौतहटमा आज एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले रौतहटका विभिन्न क्षेत्रका ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको देखापढीलाई बताए।

उनका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथका १५, मौलापुरका ६ र बोधिमाईका २ जना गरेर ५६ जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरहरुबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु हुन्।

संक्रमित सबैलाई विभिन्न अस्पतालका आइसोलेसनमा लैजाने आवश्यक तयारी भइरहेको प्रजिअ घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्