काठमाडाैं। कपिलवस्तुको सीमा नाकामा मृत्यु भएका अर्घाखाँचीका युवकसँग ५६ जना सम्पर्कमा आएको देखिएको छ। भारतको अमलावादबाट दुईवटा बसमा उनीहरू आएका थिए।

दुई बसमै सवार ५६ जनालाई नै अहिले विभिन्न क्वारेन्टाइनमा राखिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए।

घर फर्किने क्रममा भारतको लखनउ क्षेत्रमै अर्घाखाँचीको मिकास्थान नगरपालिका-९ का ३५ वर्षीय ती युवकको बसभित्रै ११ जेठमा मृत्यु भएको थियो। उनको शवलाई बसको एक कुनामा राखेर उनीहरूले कपिलवस्तुस्थित कृष्णनगर नाकासम्म ल्याएका थिए।

स्वाब संकलन गरेर कोरोना परीक्षणको क्रममा पोजिटिभ आएपछि उनको सम्पर्कमा रहेका ५६ जनालाई नै क्वारेन्टाइनमा राखिएको हो।

“कृष्णनगर नाकामा झडप पनि भएको रहेछ। त्यही बेला उनीहरू पनि बसबाट बाहिर आएका थिए। त्यहाँ त धेरै लसपस भयो। सबैलाई छुट्टाछुट्टै क्वारेन्टाइनमा राखेका छौं। एकदुई दिनमा स्वाब परीक्षण हुन्छ”, प्रजिअ पौडेलले भने।

कसरी भयो मृत्यु ?

भारतको अमलाबादबाट दुईवटा बसमा नेपालका लागि हिँडे। आउने क्रममा लखनउ आसपास पुग्दा ती युवा एक्कासि बेहोस भए। बसको यात्रामा रहँदा बेहोस भएको केही समयमै उनको मृत्यु भयो। उनलाई बसको एक कुनामा राखेर कृष्णनगर नाकासम्म पुगे।

नाकामा पुग्दा उनीहरूले भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई घटनाबारे जानकारी गराए। उनीहरूले नेपाल प्रहरीसँग समन्वय गरेर नाकामै उनको स्वाब संकलन गरियो।

त्यसबीचमा हजारौंको भीड थियो। बसमा सवार उनीहरू पनि बसबाट बाहिर आउँदा धेरैजनासँग लसपस भयो। उनीहरूलाई आवश्यक सवारीको व्यवस्था गरेर अर्घाखाँची पठाइयो। उनको सन्धिखर्क लगेर दाहसंस्कार गरियो।

उनको सम्पर्कमा आएका सबैलाई जिल्ला प्रशासनको समन्वयमा जुन पालिकाका हुन त्यही पालिकाको क्वारेन्टाइनमा राखिएको छ।

१५ जेठमा मृतक युवकको कोरोना परीक्षण पोजिटिभ आएपछि अरू पनि आत्तिएको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायण खनालले बताए। “रिपोर्ट पोजिटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरू आत्तिएका छन्। जनस्वास्थ्य कार्यालयले उनीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि ल्याब पठाउने तयारी गरेको छ”, वडाअध्यक्ष खनालले भने।

" /> काठमाडाैं। कपिलवस्तुको सीमा नाकामा मृत्यु भएका अर्घाखाँचीका युवकसँग ५६ जना सम्पर्कमा आएको देखिएको छ। भारतको अमलावादबाट दुईवटा बसमा उनीहरू आएका थिए।

"> कपिलवस्तुको सीमा नाकामा मृत्यु भएका युवकसँग ५६ जनाको सम्पर्क: Dekhapadhi
कपिलवस्तुको सीमा नाकामा मृत्यु भएका युवकसँग ५६ जनाको सम्पर्क

प्रतिक्रिया दिनुहोस्