जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ११ महीनापछि पक्राउ

काठमाडौं। प्रहरीले काभ्रेमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

काभ्रे धुलिखेल नगरपालिका ८ पकुचा बस्ने २९ वर्षीय सुमन तामाङलाई आज बिहान पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले लुकिछिपि बसेको अवस्थामा तामाङलाई पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको जिम्मा लगाइएको छ।

भक्तपुर नगरपालिका-४ सूर्यविनायक डेरा गरी बस्ने २३ वर्षीया युवतीलाई १ साउन २०७६ राति डेरामा गई जबरजस्ती करणी गरेको अभियोग लागेपछि ती व्यक्ति फरार थिए।

पक्राउ परेका व्यक्तिका सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्