काठमाडौं। जाजरकोटको भेरी नगरपालिका-११, मटेलाकी लक्ष्मी सुनारले गएको ११ जेठ बिहानदेखि खाना खाएकी छैनन्। निद नपरेको त १० जेठ रातिबाटै हो।

उनलाई भोक र निद्रा लागोस् पनि कसरी !

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको ‘विभत्स घटना’मा उनले छोरा गुमाइन्। उनका १९ वर्षीय छोरा लोकेन्द्रसँगै उक्त घटनामा भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज बिक, १९ वर्षीय सञ्जु बिक, १८ वर्षीय गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम सुनारले ज्यान गुमाए। भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्।

भेरी नगरपालिकाका यी पाँचजनाको शव भेरी नदीमै भेटिएको हो। बेपत्ता गोविन्द पनि भेरी नदीमै हराइरहेका छन्।

१४ जेठसम्म लक्ष्मीलाई लागेको थियो छोरा कतै टुप्लुक्क आइपुग्छ कि ! पौडी खेल्न माहिर छोरा न पौडिएर कतै लुकेर पो बसेको छ कि !

लक्ष्मीको मनमा आशाको दियो बलिरहेको थियो।

तर, १४ जेठ दिउँसोको एउटा खबरसँगै त्यो आशाको त्यान्द्रो पनि चुँडियो। लोकेन्द्रको शव भेरी नगरपालिका–१२ स्थित् नदी किनारमा भेटियो। त्यसपछि उनी बेहोस् भइन्।

अहिले लक्ष्मी होस्मा त छिन् तर, घरी मलिन भएर बस्छिन्, घरी आक्रोशित भएर। रुँदा रुँदा उनका आँखा सुकिसके।

लक्ष्मीको घरमुनिबाटै भेरी नदी बगिरहेको छ। तर, उनको दुःखलाई कलकल बग्ने भेरीले कहिल्यै बगाउन सकेन/बगाउन सक्दैन।

दुर्घटनाले श्रीमान लियो, जातीय घटनाले छोरो

आर्थिक अवस्था निकै कमजोर भएको लक्ष्मीको परिवार ज्याला मजदुरी गरेर गुजारा चलाउँथ्यो। उनका श्रीमान लक्षे सुनार ‘मिस्त्री’ काम गर्थे। घर बनाउने काम नहुँदा उनी भेरीमा माछा मार्न पुग्थे। उनीसँगै छोरा लोकेन्द्र र रामबहादुर पनि माछा मार्न भेरीमा पुग्थे। उनको घरबाट भेरी नदी मुस्किलले २ मिनेटको बाटो पनि छैन।

जीवन जसोतसो चलिरहेको थियो। तर, सँधै त्यसरी चल्दैन भन्ने निश्कर्ष पुगेपछि उनीहरूले जेठो छोरा रामबहादुरलाई विदेश पठाउने निर्णय गरे। साहु ऋण गरेर रामबहादुर मलेसिया पुगे।

छोरो मलेसिया पुगेको केही महीनामा यता लक्ष्मीको जीवनमा बज्रपात आइलाग्यो।

२६ फागुन २०७३ मा सदरमुकाम खलंगाबाट नेपालगञ्जका लागि छुटेको लु ३ ख २२७९ नम्बरको बसमा चढेर घर फर्किँदै गरेर लक्षेले घर पुग्न पाएनन्। उनी चढेको बस भेरी नगरपालिका–४, बोहरागाउँ नजिकै भीरबाट पासागाड खोलामा खस्यो।

उनको घटनास्थलमै मृत्यु भयो। (उक्त दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो) उनीसँगै रहेकी पाँच वर्षीया छोरी गम्भीर घाइते भइन्। उनी अहिले अपाङ्ग जीवन बाँचिरहेकी छन्।

“हिँडेर आधा घण्टा लाग्ने बाटोमा बस चढ्न नखोजेको भए त्यस्तो हुनेथिएन होला। दुर्घटनामा श्रीमान गुमाएँ, अहिले छोरी आधा (अपाङ्ग) छे”, देखापढीसँगको टेलिफोन सम्पर्कमा लक्ष्मीले भनिन्।

उनका अनुसार छोरीको उपचारका लागि चार लाख रूपैयाँ खर्च भइसक्यो तर, उनी पूर्ण रूपमा सञ्चो भइनन्। छोरीको उपचारका लागि उनी लामो समय काठमाडौंको महराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पतालमा बसेकी थिइन्।

यो पनि पढ्नुहोस्- अन्तरजातीय विवाह गर्न खोज्दा गयो दुई युवाको ज्यान, चारजना नदीमा बेपत्ता

“शुरूमा किरिया खर्च भनेर ५० हजार दिएका थिए। गाडीवालाले छोरीको उपचार भनेर ७४ हजार दिएका थिए”, लक्ष्मी भन्छिन्, “छोरीको उपचारका लागि चार लाख खर्च भयो। साहु ऋण गरेँ। पैसा दिउँला भनेर सबै बिल गाडीवालाले लिएका थिए, अहिलेसम्म केही दिएका छैनन्।”

उसो त जेठो छोरा रामबहादुर विदेश जाँदा लिएको ऋण पनि तिर्न बाँकी छ।

“केही कमाइकजाइ होला भनेर छोरालाई ऋण गरेर विदेश पठाएका थियौँ, ऊ उता गएपछि यता श्रीमानको घटना भयो, त्यही बेलाको ऋण पनि तिर्न सकेका छैनौँ”, लक्ष्मी भन्छिन्।

...अनि लोकेन्द्र मारिए

भेरी नगरपालिका–४ का नबराज बिककी आमा उर्मिला र लक्ष्मी सहोदर दिदीबहिनी हुन्। उर्मिला जेठी हुन् भने लक्ष्मी माइली।

उनै उर्मिलाका छोरा नबराजको चौरजहारी नगरपालिका–८, सोतीकी मल्ल थरकी किशोरीसँग प्रेम सम्बन्ध थियो। जसलाई किशोरीका आफन्तले स्वीकारेका थिएनन्।

१० जेठ पहिले पनि नबराज आफ्नी प्रेमिकालाई दुलहीका रूपमा लिन सोती पुगेका थिए। जतिबेला किशोरीका अभिभावक र आफन्तसँग सामान्य झगडा पनि भएको थियो। नबराज र उनका दुई जना साथीलाई एक रात इलाका प्रहरी कार्यालय चौरजहारीमा राखेर भोलिपल्ट बिहान वडाध्यक्ष डम्बरबहादुर मल्लको रोहबरमा छाडिएको थियो। वडाध्यक्ष मल्ल ती किशोरीका आफन्तसमेत हुन्।

१० जेठ साँझ नबराज लोकेन्द्रसहित आफ्ना १७ जना साथी लिएर प्रेमिकाको गाउँ पुगेका थिए। प्रेमिकाले आफूलाई ‘भगाउन’ दबाब दिएको उनले साथीहरूलाई बताएका थिए। त्यसपछि उनी साथीसहित त्यहाँ पुगेका थिए।

तर, उनीहरू आउँदै गरेको किशोरीका आफन्तले चाल पाएपछि गाउँलेलाई खबर गरे र नबराजको समूह किशोरीको घर नपुग्दै लेखेट्न शुरू गरे। उनीहरुमध्ये ६ जनालाई कुटपिट गरेर नदीमा फालिएको घटनामा बाँचेका युवाहरूले बताएका छन्। ६ जनामध्ये पाँचजनाको शव भेटिएको छ, एकजना वेपत्ता छन्। तर, यसको स्वतन्त्र पुष्टि भएको छैन। घटना अनुसन्धानकै क्रममा छ।

लक्ष्मीलाई पनि लाग्छ- उनीहरूलाई कि मारेर फालिएको हो कि कुटेर पौडिनै नसक्ने गरी। १४ जेठमा भेटिएका लक्ष्मीका छोरा लोकेन्द्रको ‘शंकास्पद’ शवले पनि यही भन्छ। शव टाउकोमा ठाउँ–ठाउँ चोट लागेको र हात बाँधिएको अवस्थामा भेटिएको थियो।

आफ्नो छोराले अपराध नै गरको भए बरु जेल हालेको भए हुन्थ्यो भन्ने लाग्छ उनलाई। तर, बिनाअपराध लखेटीलखेटी मारिएको उनी बताउँछिन्।

“भेरीको छालमा हुर्केको हो। पौडी खेलेर वारपार गर्थ्यो। जिँउदै भेरीमा फालेको भए त तरेर आउँथ्यो होला। मेरो छोरालाई उनीहरूले मारेरै फालेका हुन्”, लक्ष्मी भन्छिन्, “हात बाँधेको अवस्थामा लास भेटियो। मुखमा, टाउकोमा चोट लागेको थियो। जस्तो बेला पनि भेरी तर्ने मेरो छोरालाई केही नगरेर फालेका हुन् भनेर म कसरी पत्याउँ?”

छोराका ‘हत्यारा’लाई जन्मकैद हुनुपर्ने उनको माग छ। आफ्नै अगाडि उनीहरूले सजाय पाएको हेर्न चाहान्छिन् उनी।

“कि ज्यानको बदला ज्यान लिन दिनुपर्‍यो। मेरा छोराका हत्याराहरूलाई त्यसै छोड्नुहुन्न”, आक्रोशित हुँदै लक्ष्मी भन्छिन्, “ज्यानको बदला ज्यान नहुने हो भने जन्मकैद हुनपुर्‍यो। हाम्रै आँखा अगाडि तिनीहरूलाई सजाय हुनुपर्छ।”

सुनचाँदीको काम सिक्थे लोकेन्द्र, लकडाउनले जाजरकोट फर्किएका थिए

बाबुको दुर्घटनामा मृत्यु भएपछि लोकेन्द्रको पढाइले पनि निरन्तरता पाउन सकेन।

विदेश गएका दाइ अलपत्र परेपछि घरव्यवहार धान्ने जिम्मा उनको काँधमा आइलाग्यो। आमा लक्ष्मीले फेरि ऋण गरिन्। र, लोकेन्द्रलाई सुनचाँदीको काम सिक्न सुर्खेत पठाइन्।

नौ कक्षासम्म पढेका लोकेन्द्र केही समय पहिले सुनचाँदीको काम सिक्न सुर्खेत पुगेका थिए। काम सिक्दै थिए। तर, कोरोना भाइरस संक्रमणको जोखिमका कारण गएको ११ चैतदेखि देशभर लकडाउन लागू भयो। र, लोकेन्द्र सुर्खेतबाट जाजरकोट घर फर्किए।

“मलाई यस्तो के भयो ? किन यसरी दुश्मन लागे ? मेरा छोराका हत्यारालाई जसरी पनि कारबाही होस्”, लक्ष्मी भनिरहन्छिन्।

रामबहादुर भन्छन्- भाडा पठाइदेऊ, घर फर्किन्छु

तीन वर्षअघि मलेसिया पुगेका लक्ष्मीका जेठो छोरा रामबहादुर त्यहाँ अलपत्र छन्। लक्ष्मीका अनुसार उनी पहिले गएको कम्पनीमा पनि छैनन्। घरमा आमालाई फोन गरेर भन्छन्, ‘भाडा पठाइदेऊ, घर फर्किन्छु।’

तर, ऋणले थिचिएकी लक्ष्मीसँग छोराको उद्धारका लागि पठाउने पैसा कहाँ छ र ! पत्याउने साहुहरूसँग यसअघि पटक पटक लिएको ऋण तिर्न सकेकी छैनन्। अब उनलाई ऋण पत्याउने पनि कोही छैनन्।

यो पनि पढ्नुहोस्

हात बाँधिएको अवस्थामा भेटियो चौरजहारी घटनापछि नदीमा हराएका युवकको शव

" /> काठमाडौं। जाजरकोटको भेरी नगरपालिका-११, मटेलाकी लक्ष्मी सुनारले गएको ११ जेठ बिहानदेखि खाना खाएकी छैनन्। निद नपरेको त १० जेठ रातिबाटै हो।

"> दुर्घटनामा श्रीमान गुमाएको तीन वर्षमा छोरा गुमाइन्, छोरी अपांग बनिन् अर्को छोरा मलेसियामा अलपत्र: Dekhapadhi रुकुमको चौरजहाजरी घटनामा छोरा गुमाएकी लक्ष्मीको जीवनमा आइलागेको यो बज्रपात पहिलो होइन। यसअघि उनले बस दुर्घटनामा श्रीमान गुमाइन्। सोही दुर्घटनामा परेकी छोरी ‘अपाङ्ग’ भइन्। र, विदेश गएका जेठो छोरा उतै अलपत्र छन्।

तस्वीरः कपुरकोट टीभी।
दुर्घटनामा श्रीमान गुमाएको तीन वर्षमा छोरा गुमाइन्, छोरी अपांग बनिन् अर्को छोरा मलेसियामा अलपत्र

प्रतिक्रिया दिनुहोस्