कैलालीमा मदिरा बाेकेकाे ट्रक नियन्त्रणमा <p>कैलाली। धनगढीबाट डडेल्धुरा जाँदै गरेको ट्रकमा मदिरा भेटिएकाे छ।</p> <p>धनगढीबाट डडेल्धुराको जोगबुडातर्फ जाँदै गरेको से १ ख १३७० नम्बरको ट्रकलाई प्रहरीले कैलाली र डोटीको सीमाबाट नियन्त्रणमा लिएकाे हाे।</p> <p>इलाका प्रहरी कार्यालय फल्टुडेले विभिन्न ब्राण्डका मदिरा सिमेन्ट र सरियामुनि लुकाइछिपाइ लैजाँदै गरेकाे अवस्थामा नियन्त्रणमा लिएकाे हाे।</p> <p>मदिरा मालिक तेजबहादुर बाेहरा र चालक खगेन्द्र साउँदलालाई पक्राउ गरी अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्