काठमाडौं चेम्बरद्वारा मनमोहन टिचिङ अस्पतालालाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं। काठमाडौं महानगर चेम्बरले मनमोहन मेमोरियल टिचिङ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। .

कोभिड-१९ रोकथाम तथा उपचारका लागि प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराइएको काठमाडौं महानगर चेम्बरका अध्यक्ष पंकजचन्द्र श्रेष्ठले बताए।

चेम्बरले पीपीई ५ थान, गमबुट ५ जोर, गमबुट कभर ५ जोर, थर्मल गन २ थान, सर्जिकल मास्क एक हजार थान, फेस सिल ५ थान, सर्जिकल क्याप एक हजार थान, सर्जिकल ग्लोभ १०० थान र एन ९५ मास्क २ थान सहयोग गरेको छ।

मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले 'कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सहकारी केन्द्र' को रूपमा सेवा दिदै आएको छ।

अस्पतालले कोभिड १९ सम्बन्धी फिभर क्लिनिक चलाइरहेको र अहिलेसम्म पीसीआर पोजेटिभ केस नभेटिएको अस्पतालका अध्यक्ष राजेन्द्रप्राद पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्