सेनाका उपरथी र चिकित्सक कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज <p>काठमाडौं। सशस्त्र प्रहरी बलको बलम्बुस्थित कोभिड-१९ अस्पतालमा उपचाररत नेपाली सेनाका उपरथी र चिकित्सक कोरोनामुक्त भएर घर फर्किएका छन्।</p> <p>पछिल्ला दुई वटा कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरू दुवै जनालाई डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ।</p> <p>नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुख उपरथी र त्यही कार्यरत रहेका एक चिकित्सकलाई ३ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो।</p> <p>उनीहरुलाई त्यहाँबाट काठमाडौं ल्याएर बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड-१९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्