काठमाडौं। पाटन अस्पतालको आइसोलेसनमा उपचाररत गोकर्णेश्वर नगरपालिकाका दुईजना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।
पछिल्लो दुईपटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नम्बर ७ शिवचोकका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
किसिगालका ५७ वर्षीय पुरुष भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत रहेको र शिवचोकका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा कार्यरत रहेको नगरपालिकाले जनाएको छ।
उनीहरू दुवैजनाका सम्पर्कमा आएका मानिसमा गरिएको परीक्षणमा कोभिड-१९ नदेखिएको नगरपालिकाले जनाएको छ। रासस
" /> काठमाडौं। पाटन अस्पतालको आइसोलेसनमा उपचाररत गोकर्णेश्वर नगरपालिकाका दुईजना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।पछिल्लो दुईपटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको छ ।

">