आज बिहानसम्मको पछिल्लो २४ घण्टामा भारतमा सात हजार ४६६ जना संक्रमित भएका छन्। यो संख्या एकै दिनमा संक्रमित भएकामध्येको हालसम्मकै उच्च हो । यसअघि १२ जेठको २४ घण्टामा सर्वाधिक ६ हजार ९७७ संक्रमित देखिएका थिए।
केन्द्रीय स्वास्थ्य मन्त्रालले १५ जेठ बिहान आठ बजेपछिको २४ घण्टामा भारतमा कोभिड–१९ बाट १७५ जनाको मृत्यु भएको जनाएको छ। जसका कारण भारतभरमा मृतकको संख्या चार हजार ७०० भन्दा बढी भएको छ।
एकैदिनमा कोरोना भाइरस संक्रमितको संख्याले सात हजार नाघेको यो पहिलोपटक हो ।
यो समेत गरी भारतमा पछिल्ला आठ दिनमा हरेक दिन ६ हजार भन्दा बढी संक्रमित भेटिएका छन्। १५ जेठमा ६ हजार ५६६ नयाँ संक्रमित पाइएको थिए।
आजबिहानको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरमा ७१ हजार १०५ जना कोरोनामुक्त भएका छन् भने एक जना संक्रमितले देश छाडेका छन्।
महाराष्ट्र, तमिलनाडु, गुजरात र दिल्ली कोरोना भाइरसद्वारा अत्याधिक प्रावित राज्य हुन्।
राष्ट्रिय राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा एक हजार २४ जना संक्रमित देखिएका छन्। दिल्लीमा एकै दिनमा एक हजार बढी संक्रमित भेटिएको यो नै पहिलोपटक हो । यो सँगै दिल्लीमा १६ हजार २८१ जना संक्रमित भएकोमा ३१६ जनाको मृत्यु नै भइसकेको छ।
" /> द वायरले जनाएको छ।आज बिहानसम्मको पछिल्लो २४ घण्टामा भारतमा सात हजार ४६६ जना संक्रमित भएका छन्। यो संख्या एकै दिनमा संक्रमित भएकामध्येको हालसम्मकै उच्च हो । यसअघि १२ जेठको २४ घण्टामा सर्वाधिक ६ हजार ९७७ संक्रमित देखिएका थिए।

">