संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा रौतहटमा प्रहरीमाथि ढुंगामुढा, १२ राउण्ड हवाइ फायर <p>काठमाडौं। रौतहटको इशनाथ नगरपालिकाका दुईजना संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा स्थानीय बासिन्दाले&nbsp;प्रहरीलाई घेरा हालेर ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको छ।</p> <p>लाठीसहित ढुंगामुढा हुन थालेपछि संक्रमित बिरामीलाई लिन पुगेको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गरेको हो। &ldquo;चिकित्सक र प्रहरीसहितको टोली माथी चारैतिरबाट ढुंगामुढा गर्न थाले,&rdquo;&nbsp;जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले भने, &ldquo;स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको हो।&rdquo;</p> <p>प्रहरीले हवाई फायर गरेपछि भने भीड तितरवितर भएको थियो। आफ्नो नगरपालिकाका बिरामीलाई अन्यत्र लैजान नपाइने भन्दै उनीहरूले अवरोध गरेको प्रहरीले जनाएको छ।</p> <p>इशनाथ नगरपालिका-७ मा रहेको क्&zwj;वारेन्टाइनमा रहेका दुईजना संक्रमितलाई अस्पतालको आइसोलेसनमा भर्ना गर्न प्रहरी र चिकित्सकसहितको टोली पुगेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटले अहिले स्थिति&nbsp;सामान्य बनिसकेको जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्