लकडाउनको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै <p>काठमाडौं। कोभिड १९ रोकथाम नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक बस्दैछ। दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्&zwj;न लागेको समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए।</p> <p>आजको बैठकमा लकडाउनको मोडालिटीका विषयमा छलफल हुने बताइएको छ। विदेशमा अलपत्र परेका नागरिकलाई स्वेदश ल्याउने विषयमा भइरहेको गृहकार्यका विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ।</p> <p>प्राथमिकताका आधारमा स्वदेश फिर्ता ल्याउने सरकारले बताए पनि अहिलेसम्म निर्णय हुन सकेको छैन। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदका समितिहरूका बैठकमा २५ हजार नेपालीलाई स्वदेश ल्याउन आवश्यक गृहकार्य भइरहेको बताएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्