जलेश्वर। जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेसन स्थापना गर्ने निर्णय गरेको छ।
महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा हिजो, १५ जेठमा १७ जनामा कोरोना पोजिटिभ देखिएपछि सो निर्णय गरिएको हो।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा आज बसेको बैठकले संक्रमित देखिएका क्वारेन्टाइनमा बसेकाहरूको 'कन्ट्याक्ट ट्रेसिङ्ग' र 'ट्राभल हिस्ट्री' स्वास्थ्यकर्मीको समन्वयमा स्थानीय तहले खोजी गर्ने निर्णय गरेको छ।
त्यस्तै बाहिर रहेकाहरूको जिल्ला स्वास्थ्य कार्यालयबाट लिइनेछ।
बैठकले कोरोना संक्रमणको नियन्त्रणका लागि हरेक स्थानीय तहले एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने पनि निर्णय गरेको छ। रासस
" /> जलेश्वर। जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेसन स्थापना गर्ने निर्णय गरेको छ।महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा हिजो, १५ जेठमा १७ जनामा कोरोना पोजिटिभ देखिएपछि सो निर्णय गरिएको हो।

">