काठमाडौं। नेपाल यातायात मजदुर संघले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्‍न अत्यावश्यक सेवाका यातायात मजदुरहरूलाई सुरक्षा उपकरण व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
संघले उनीहरूको नि:शुल्क कोभिड-१९ परीक्षणको लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ।
अध्यक्ष धर्मराज भण्डारीले हिजो, १५ जेठमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै लकडाउनमा अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने माग राखे।
“अत्यावश्यक सेवा एम्बुलेन्स, इन्धन, खाद्यान्न ढुवानीमा कार्यरत यातायात मजदुरलाई  कोरोना निःशुल्क परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ”, उनले भने।
अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरलाई कोरोना संक्रमण भइहाले दुई लाख रूपैयाँ पाउने गरी बिमा गरिदिन पनि संघको माग छ।
अध्यक्ष भण्डारीले कार्यस्थलमा यातायात मजदुरको मृत्यु भएमा उपदानसहितको पर्याप्त क्षतिपूर्ति र अन्य सुविधाको लागि पनि माग गरिएको बताए।  रासस
" /> काठमाडौं। नेपाल यातायात मजदुर संघले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्‍न अत्यावश्यक सेवाका यातायात मजदुरहरूलाई सुरक्षा उपकरण व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
संघले उनीहरूको नि:शुल्क कोभिड-१९ परीक्षणको लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ।
अध्यक्ष धर्मराज भण्डारीले हिजो, १५ जेठमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै लकडाउनमा अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने माग राखे।
“अत्यावश्यक सेवा एम्बुलेन्स, इन्धन, खाद्यान्न ढुवानीमा कार्यरत यातायात मजदुरलाई  कोरोना निःशुल्क परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ”, उनले भने।
अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरलाई कोरोना संक्रमण भइहाले दुई लाख रूपैयाँ पाउने गरी बिमा गरिदिन पनि संघको माग छ।
अध्यक्ष भण्डारीले कार्यस्थलमा यातायात मजदुरको मृत्यु भएमा उपदानसहितको पर्याप्त क्षतिपूर्ति र अन्य सुविधाको लागि पनि माग गरिएको बताए।  रासस
"> अत्यावश्यक सेवाका यातायात मजदुरको नि:शुल्क परीक्षण र कोरोना बिमा गर्न माग: Dekhapadhi
अत्यावश्यक सेवाका यातायात मजदुरको नि:शुल्क परीक्षण र कोरोना बिमा गर्न माग
संघले उनीहरूको नि:शुल्क कोभिड-१९ परीक्षणको लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ।
अध्यक्ष धर्मराज भण्डारीले हिजो, १५ जेठमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै लकडाउनमा अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने माग राखे।
“अत्यावश्यक सेवा एम्बुलेन्स, इन्धन, खाद्यान्न ढुवानीमा कार्यरत यातायात मजदुरलाई  कोरोना निःशुल्क परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ”, उनले भने।
अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरलाई कोरोना संक्रमण भइहाले दुई लाख रूपैयाँ पाउने गरी बिमा गरिदिन पनि संघको माग छ।
अध्यक्ष भण्डारीले कार्यस्थलमा यातायात मजदुरको मृत्यु भएमा उपदानसहितको पर्याप्त क्षतिपूर्ति र अन्य सुविधाको लागि पनि माग गरिएको बताए।  रासस
प्रतिक्रिया दिनुहोस्