गोंगबुमा मिनी ट्रकको ठक्करबाट स्कुटरमा सवार दुईजनाको मृत्यु

काठमाडौं। काठमाडौंको गोंगबुमा मिनी ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार बालाजुतर्फ गइरहेको बा. २ ख ५४८४ नम्बरको मिनी ट्रकले ना. ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो।

लम्सालका अनुसार मृत्यु हुनेमा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र बाजुराका २५ वर्षका धनबहादुर बुढा छन्।

विष्टको त्रिवि शिक्षण अस्पताल र बुढाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।

स्कुटरलाई ठक्कर दिएर फरार रहेको मिनी ट्रक र चालकलाई राति नै प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्