प्रिमियर लिग १७ जुनदेखि हुने

काठमाडौं। कोभिड-१९ महामारीका स्थगित भएको इङ्लिस प्रियिमर लिग १७ जुनदेखि पुनः शुरू भएको छ।

लिगको पहिलो दिन एष्‍टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलले प्रतिस्पर्धा गर्नेछन्। महामारीका कारण स्थगित भएको प्रिमियर लिग ठीक सय दिनपछि शुरू हुन लागेको हो।

लिग बन्द रंगशालामा हुनेछ। यसअघि दुई खेल स्थगित भएका कारण बुधबारका लागि तय भएको हो। क्लबहरूले बिहीबार लिग शुरू गर्न सहमति जनाएका थिए।

क्लबहरूको यो निर्णयलाई सरकारले औपचारिक रूपमा अनुमोदन गर्न बाँकी नै छ। लिगमा ९२ खेल बाँकी छ। बीबीसीका अनुसार २५ जुलाईमा लिग सक्ने तयारी भएको जनाइएको छ।

त्यसकारण तीन चरणका खेल मध्य सातामा हुनेछन्। लिगमा लिभरपुल २५ अंकको अग्रतासहित शीर्ष स्थानमा छ। बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेशन क्षेत्रमा छन्। म्यानचेस्टर सिटी आर्सनलसँग पराजित भयो र योर्गान क्लोपको टीमले अबको पहिलो खेल जित्यो भने लिभरपुलले ३० वर्षपछि उपाधि जित्‍नेछ।

प्रतिक्रिया दिनुहोस्