ट्रम्पले दोहोर्याए भारत र चीनबीच मध्यस्थताको प्रस्ताव

वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच जारी सीमा विवाद सल्टाउन मध्यस्थताको प्रस्ताव फेरि दोहोर्‍याएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर आफूले मध्यस्थताको प्रस्ताव राखेको ट्रम्पको भनाइ छ।

“म केही मद्दत गर्न सक्छु भने गर्न तयार छु,” उनले भने। भारत र चीनबीच टकरावको स्थिति देखिएको उनको दाबी थियो।

ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा एक भारतीय पत्रकारले सोधेको प्रश्‍नको जवाफमा ट्रम्पले भने, “तपाईंका प्रधानमन्त्री मलाई साह्रै मन पर्छ, उनी सज्‍जन व्यक्ति हुन्।”

भारत र चीनबीच एक अर्ब ४० करोड जनसंख्या रहेको र दुवै मुलुकका सेना मजबुत रहेको उनले बताए। “भारत खुशी छैन भने शायद चीन पनि खुशी छैन,” उनले भने, “फोन संवादमा प्रधानमन्त्री मोदीको मुड ठीक पाइनँ।”

प्रतिक्रिया दिनुहोस्