कपिलवस्तुमा १४ र रुपन्देहीमा एक नयाँ संक्रमित थपिए

काठमाडौं। कपिलवस्तुमा हिजो बेलुका थप १४ जना नयाँ संक्रमित थपिएका छन्।

प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको नमूना परीक्षणमा कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै रुपन्देहीमा एकजनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले हिजो बेलुकीको परीक्षण गरिएका नमूनामा १६ थप नयाँ संक्रमण पुष्टि भएको जानकारी दिए।

“हाम्रो प्रयोगशालामा हिजो बेलुकाको रिपोर्टमा १६ केस पुष्टि भएको हो”, उनले भने, “एउटा रुपन्देहीको र १५ वटा कपिलवस्तुबाट संकलन गरिएको नमूना हो।”

उनले कपिलवस्तुबाट संकलन गरिएका १५ मध्ये एउटा केस कृष्णपुर नाकामा भारतबाट आउने क्रममा मृत्यु भएका युवकको रहेको बताए। हिजो नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा पनि कपिलवस्तुको विजयनगर गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्