नवलपरासी पूर्व र म्याग्दीमा तीनजना संक्रमित थपिए <p>काठमाडौं। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा दुई र म्याग्दीमा एक जनासहित गण्डकी प्रदेशमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p>नवलपरासी पूर्वको देवचुली नगरपालिकाका&nbsp;१९ र २१ वर्षीय दुईजनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।</p> <p>दुवैजनालाई मध्यविन्दु जिल्ला अस्पताल लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।</p> <p>यसअघि हिजो साँझ म्याग्दीको मालिका गाउँपालिका ३० वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। ती संक्रमितलाई बेनीमा रहेको आइसोलेसनमा राखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्