भारतीय मिडियाका समाचार दुई सेनाबीचको सम्बन्धमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरितः नेपाली सेना <p>काठमाडौं। हालै भारतीय सञ्&zwj;चारमाध्यममा प्रकाशित समाचारहरू प्रति नेपाली सेनाले गम्भीर आपत्ति जनाएको छ।</p> <p>ती समाचार भ्रामक, दुरासयपूर्ण, काल्पनिक र निराधार रहेको सेनाले विज्ञप्तिमार्फत स्पष्&zwj;ट पारेको छ। भारतीय अखबार हिन्दुस्तान टाइम्स र न्युजपोर्टल &lsquo;टीएफआई पोस्ट&rsquo;मा समाचारप्रति सेनाले गम्भीर आपत्ति जनाएको हो।</p> <p>&ldquo;ती भ्रामक समाचार दुई मित्रराष्&zwj;ट्र तथा विशिष्&zwj;ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्&zwj;वासमा नकारात्मक असर पुर्&zwj;याउने उद्देश्यबाट प्रेरित देखिन्छ,&rdquo; नेपाली सेनाको विज्ञप्तिमा उल्लेख छ, &ldquo;नेपाली सेना नेपालको संविधानअनुरूप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध छ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्