प्राध्यापक के विजय राघवन, भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार
भारतमा एकसाथ सयवटा खोपमाथि अध्ययन
नयाँदिल्ली। भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक के विजय राघवनले मुलुकमा एकसाथ कोभिड-१९ का एक सयवटा खोपबारे अध्ययन भइरहेको बताएका छन्।

त्यसका लागि ३० वटा समूह लागिपरेको उनले जानकारी दिए। ती समूहमा ठूलो उद्योगदेखि स्टार्टअप कम्पनी र आफ्नै ढंगबाट शोध गरिरहेका वैज्ञानिक पनि सामेल छन्।

तीमध्ये २० वटा समूहले आफ्नो कामलाई तीव्र गतिमा अगाडि बढाएको उनको भनाइ छ।

“सामान्यत: खोप १० देखि १५ वर्षमा मात्र बन्छ र लागत पनि २० करोड डलर हुन्छ। यसलाई वर्षदिनभित्रै तयार पार्नुछ। त्यसैले एउटामा मात्र काम गर्नुभन्दा धेरैवटामा एकसाथ काम अगाडि बढाइएको छ,” प्राध्यापक राघवनले भने।

उनको भनाइमा खोप सामान्य मानिसलाई दिइन्छ, बिरामी र गम्भीर अवस्थामा पुगिसकेका मानिसलाई होइन। त्यसैले खोपको सही परीक्षण अत्यावश्यक भएको उनले बताए।

कोरोना महामारीविरुद्ध गठित केन्द्रीय टास्क फोर्सका अध्यक्ष तथा नीति आयोगका सदस्य बीके पालले भारतका विज्ञान तथा प्राविधि संस्था र औषधि उद्योगहरू मजबुत भएको दाबी गर्दै कोरोना भाइरसविरुद्धको लडाईं खोप र औषधिको माध्यमबाट जितिने बताए।

प्रतिक्रिया दिनुहोस्