उनी ती करिब एक लाख मानिसमध्येका यात्री हुन्, जो कोभिड-१९ महामारीका कारण लागू गरिएको लकडाउनको मारमा परेका छन्। र, दुई महीनादेखि पानीजहाजमै फसेका छन्। उनीहरू सवार पानीजहाजले किनारा भेट्ने कुनै लक्षण छैन।
उनी सवार पानीजहाजको नाम हो, ‘प्यासिफक एक्सप्लोरर’। यो फिलिपिन्सको खाडीमा फसेका २० वटा पानीजहाजमध्येको हो। किनारासम्म पुग्न नपाएका पानीजहाजहरूको ताँतीका कारण ‘मनिला खाडी’ एक ठूलो समुद्री पार्किङजस्तो बनेको छ, अहिले।
विभिन्न मुलुकका हजारौं कर्मचारी ती जहाजहरूमा पट्यारलाग्दो दैनिकी गुजारिरहेका छन्। र, छिट्टै घर फर्किन पाइने व्यग्रतामा छन्।
फिलिपिन्सकै नागरिक पनि ती जहाजमा छन्, जो त्यति नजिकै घर भएर पनि घरबारविहीनझैं बनेका छन्। परिवारसँगको सामिप्य उनीहरूका लागि एकादेशको कथाझैं बनेको छ।
संगीतका जेइडको कथाबाट महसुस हुन्छ, वर्तमानमा कसैलाई आफ्नो पुरानो स्वतन्त्रतायुक्त जिन्दगी प्राप्त गर्न मुस्किल छ।
संक्रमित व्यक्ति आफ्नो भूमिमा प्रवेश गर्न नसकून् भनेर फिलिपिन्स सरकारले क्वारेन्टाइनको नियमलाई कडा बनाएको छ। पानीजहाजहरूमा पनि कोभिड-१९ का धेरै बिरामी फेला परेका छन्।
अहिले संसारभर चर्चामा छ, ‘डाइमन्ड प्रिन्सेस’ नामको पानीजहाज। त्यसमा सवार ६ सय २१ जनालाई कोरोना भाइरसको संक्रमण पाइएको थियो। यो जहाजलाई जापानको योकोहामा बन्दरगाहमा दुई महीनासम्म क्वारेन्टाइनमा राखिएको थियो।
अमेरिकी अखबार ‘मियामी हेरोल्ड’को खोजअनुसार ८ मेसम्ममा पानीजहाजका २२ प्रतिशत यात्रीमा कोभिड-१९ पोजिटिभ पाइएको छ।
संगीतकार जेइड सवार ‘प्यासिफिक एक्सप्लोरर’ अस्ट्रेलियाको सिडनीबाट सिंगापुरतर्फ जाँदै थियो। अन्य पानीजहाजका यात्रीमा कोरोना भाइरस संक्रमण देखियो। उनका अनुसार सिडनीबाट हिँडेको तीन दिनपछि पानीजहाजका क्याप्टेनले बन्दरगाहतिर फर्किने घोषणा गरे।
सबै यात्रीलाई उतारिसकेपछि ६ सयभन्दा बढी क्रु मेम्बरलाई पानीजहाजहरूमै बस्ने आदेश दिइयो।
२० दिनसम्म पानीजहाज बन्दरगाहमै रोकियो। तर, अस्ट्रेलियाली अधिकारीहरूले उनीहरू आफ्नो भूमिमा ढिम्किन दिएनन्। “हामी अस्ट्रेलियाको पानीजहाजमा थियौं, तर जहाजमा बेलायतको झण्डा लहराइरहेको थियो,” संगीतकार जेइड भन्छन्।
‘प्यासिफिक एक्सप्लोरर’ अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा यात्रा गर्छ। कम्पनीले क्रु मेम्बरलाई किनारामा उतार्ने बन्दरगाहको खोजी थाल्यो। अन्तिममा ‘मनिला खाडी’मा जहाज पुर्याउने अनुमति मिल्यो। किनकि, जहाजमा अधिकांश क्रु मेम्बर फिलिपिन्सका थिए।

मनिला बन्दरगाहमा पुगेपछि फिलिपिन्सका नागरिकलाई त्यहीं उतार्ने र अन्य मुलुकका बासिन्दाले आ-आफ्नो देश जाने हवाईजहाजको प्रतीक्षा गर्नुपर्ने थियो। तर, उनीहरूको जहाज ‘मनिला खाडी’मा पुग्दै गर्दा अरू पनि पानीजहाज त्यहाँ पुगिसकेका थिए।
त्यसपछि फिलिपिन्स सरकारले आफ्ना नागरिकलाई पनि जहाजमै १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दियो।
अझै जटिल अवस्था त तब पैदा भयो, जब ‘अम्बो’ नाम दिइएको समुद्री आँधी फिलिपिन्सको तटीय क्षेत्रमा पुग्यो। त्यसपछि पानीजहाजलाई फेरि समुद्रमा तैर्याउनुपर्ने भयो।
संगीतकार जेइड र उनका साथीहरूलाई आइसोलेसनमा बस्नुपर्ने पनि थिएन। किनकि, उनीहरूमा कोरोना भाइरसको संक्रमण देखिएकै थिएन।
अहिले क्रु मेम्बरहरूलाई भौतिक दूरीमा राखिएको छ। दैनिक दुईपटक उनीहरूको तापमान जाँचिन्छ। अन्य जहाजमा रहेका उनका साथीहरू भन्दा जेइड राम्रो अवस्थामा छन्। किनकि, उनका साथीहरूलाई आइसोलेसनमा बस्नु परेको छ।
“अरू जहाजमा रहेका हाम्रा साथीहरूले त आँखा अघिल्तिर कोरोना भाइरसका कारण मानिसको मृत्यु भएको देखिरहेका छन्,” उनी भन्छन्, “हामी भने जहाजमा अनेक मनोरञ्जक गतिविधि गरिरहेका छौं।”
उनका अनुसार कठिन परिस्थितिसँग जुझ्न सहज होस् भनेर उनीहरू फिटनेस कार्यक्रम चलाइरहेका छन्। जहाजमै एउटा रेडियो स्टेसन पनि चलाइरहेका छन्, जसका एक प्रस्तोता उनी पनि हुन्।
जहाजमै म्युजिक भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने, इन्टाग्राममा पानीजहाजका तस्वीर खिचेर पोस्ट गर्नु उनको दैनिकीजस्तै बनेको छ। पानीजहाजको वैराग्य जीवनलाई उनले नाम दिएका छन्, ‘पोस्टकार्ड फ्रम घोस्ट सिप’।
“कहिलेकाहीं सपनामा घर देख्छु, जसले मलाई बोलाइरहेको छ,” उनी भन्छन्। तर, उनलाई उनको देशले उद्धार गर्न मनिलासम्म विमान पठाएको छैन। कम्पनीले पनि ‘प्यासिफिक एक्सप्लोरर’ आगामी २४ अगस्टसम्म रोकिन सक्ने बताएको छ। त्यसैले उनको आफ्नो घरफिर्तिको दिनगन्ती थाल्न पनि सकेका छैनन्।
" />उनी ती करिब एक लाख मानिसमध्येका यात्री हुन्, जो कोभिड-१९ महामारीका कारण लागू गरिएको लकडाउनको मारमा परेका छन्। र, दुई महीनादेखि पानीजहाजमै फसेका छन्। उनीहरू सवार पानीजहाजले किनारा भेट्ने कुनै लक्षण छैन।

">