काठमाडौं। आज घोषणा गरिएको बजेटमा स्वास्थ्य क्षेत्रलाई उत्साहजनकरूपमा समेटिएको भए पनि त्यसको कार्यान्वयनको पाटो भने चुनौतीपूर्ण रहेको जनस्वास्थ्यविद्हरूले बताएका छन्।

महामारीलाई समेट्ने गरी बजेट आएता पनि यसले समग्र स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको जनस्वास्थ्यविद् डा. सुजन मरहठ्ठाले बताएका छन्।

“महामारीलाई सम्बोधन गर्ने गरी नै बजेट आएको छ। संक्रामक रोगलाई नियन्त्रण गर्न अध्ययन, अनुसन्धान गर्ने भनिएको छ, ट्रमालाई पनि फोकस गरिएको छ”, देखापढीसँग कुरा गर्दै डा. महरठ्ठाले भने, “जसरी प्राथमिकता दिएर बजेट ल्याइएको छ, त्यसरी नै कार्यान्वयन पाटो निर्देशित हुनुपर्छ।”

सारांशमा हेर्दा स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट ल्याएको देखिए पनि जनस्वास्थ्य प्रणाली विकासको लागि प्रविधितर्फको पाटो नसमेटिएको उनको टिप्पणी छ।

“स्वास्थ्यमा प्रविधि जोड्नुपर्छ। दैनिक उपचार र स्वास्थ्य स्याहारमा बजेट छुट्याइए पनि जनस्वास्थ्य प्रणाली विकासमा प्रविधिको पाटो बजेटले फोकस गरेन”, उनले थपे।

तल्लो तहमा एप्स र टेक्नोलोजी जोड्नुपर्ने अवस्था भए पनि बजेटमा नसमेटिएको उनले उल्लेख गरे। चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने, थप अस्पताल निर्माण गर्ने विषय बजेटमा समेटिनु राम्रो पक्ष भएको बताए।

अर्का जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले महामारीका बेला २१ अर्ब बजेट आउनु गर्वको कुुरा भएको बताए। तर, कोभिड-१९ टेस्टको दायरा बढाउनेतर्फ केन्द्रित नभएको उनले टिप्पणी गरे।

“बजेटमा खोपको आवश्यकतालाई परिपूर्ति गर्ने, दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि, दिनमा १० हजार परीक्षण गर्ने पीसीआर र किटहरूतर्फ अझै केन्द्रित हुनुपर्ने आवश्यकता थियो”, उनले देखापढीसँग भने।

आज प्रस्तुत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याइएको छ। गत वर्ष स्वास्थ्य मन्त्रालयको बजेट ६८ अर्ब ७८ करोड बजेट थियो। गतवर्षभन्दा यसवर्ष २१ अर्ब ९१ करोड बढी बजेट आएको छ।

" /> काठमाडौं। आज घोषणा गरिएको बजेटमा स्वास्थ्य क्षेत्रलाई उत्साहजनकरूपमा समेटिएको भए पनि त्यसको कार्यान्वयनको पाटो भने चुनौतीपूर्ण रहेको जनस्वास्थ्यविद्हरूले बताएका छन्।

महामारीलाई समेट्ने गरी बजेट आएता पनि यसले समग्र स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको जनस्वास्थ्यविद् डा. सुजन मरहठ्ठाले बताएका छन्।

“महामारीलाई सम्बोधन गर्ने गरी नै बजेट आएको छ। संक्रामक रोगलाई नियन्त्रण गर्न अध्ययन, अनुसन्धान गर्ने भनिएको छ, ट्रमालाई पनि फोकस गरिएको छ”, देखापढीसँग कुरा गर्दै डा. महरठ्ठाले भने, “जसरी प्राथमिकता दिएर बजेट ल्याइएको छ, त्यसरी नै कार्यान्वयन पाटो निर्देशित हुनुपर्छ।”

सारांशमा हेर्दा स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट ल्याएको देखिए पनि जनस्वास्थ्य प्रणाली विकासको लागि प्रविधितर्फको पाटो नसमेटिएको उनको टिप्पणी छ।

“स्वास्थ्यमा प्रविधि जोड्नुपर्छ। दैनिक उपचार र स्वास्थ्य स्याहारमा बजेट छुट्याइए पनि जनस्वास्थ्य प्रणाली विकासमा प्रविधिको पाटो बजेटले फोकस गरेन”, उनले थपे।

तल्लो तहमा एप्स र टेक्नोलोजी जोड्नुपर्ने अवस्था भए पनि बजेटमा नसमेटिएको उनले उल्लेख गरे। चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने, थप अस्पताल निर्माण गर्ने विषय बजेटमा समेटिनु राम्रो पक्ष भएको बताए।

अर्का जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले महामारीका बेला २१ अर्ब बजेट आउनु गर्वको कुुरा भएको बताए। तर, कोभिड-१९ टेस्टको दायरा बढाउनेतर्फ केन्द्रित नभएको उनले टिप्पणी गरे।

“बजेटमा खोपको आवश्यकतालाई परिपूर्ति गर्ने, दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि, दिनमा १० हजार परीक्षण गर्ने पीसीआर र किटहरूतर्फ अझै केन्द्रित हुनुपर्ने आवश्यकता थियो”, उनले देखापढीसँग भने।

आज प्रस्तुत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याइएको छ। गत वर्ष स्वास्थ्य मन्त्रालयको बजेट ६८ अर्ब ७८ करोड बजेट थियो। गतवर्षभन्दा यसवर्ष २१ अर्ब ९१ करोड बढी बजेट आएको छ।

"> जनस्वास्थ्यविद्को टिप्पणी- ‘स्वास्थ्यतर्फको बजेट उत्साहपूर्ण छ तर पूर्ण छैन’: Dekhapadhi
जनस्वास्थ्यविद्को टिप्पणी- ‘स्वास्थ्यतर्फको बजेट उत्साहपूर्ण छ तर पूर्ण छैन’
काठमाडौं। आज घोषणा गरिएको बजेटमा स्वास्थ्य क्षेत्रलाई उत्साहजनकरूपमा समेटिएको भए पनि त्यसको कार्यान्वयनको पाटो भने चुनौतीपूर्ण रहेको जनस्वास्थ्यविद्हरूले बताएका छन्।

महामारीलाई समेट्ने गरी बजेट आएता पनि यसले समग्र स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको जनस्वास्थ्यविद् डा. सुजन मरहठ्ठाले बताएका छन्।

“महामारीलाई सम्बोधन गर्ने गरी नै बजेट आएको छ। संक्रामक रोगलाई नियन्त्रण गर्न अध्ययन, अनुसन्धान गर्ने भनिएको छ, ट्रमालाई पनि फोकस गरिएको छ”, देखापढीसँग कुरा गर्दै डा. महरठ्ठाले भने, “जसरी प्राथमिकता दिएर बजेट ल्याइएको छ, त्यसरी नै कार्यान्वयन पाटो निर्देशित हुनुपर्छ।”

सारांशमा हेर्दा स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट ल्याएको देखिए पनि जनस्वास्थ्य प्रणाली विकासको लागि प्रविधितर्फको पाटो नसमेटिएको उनको टिप्पणी छ।

“स्वास्थ्यमा प्रविधि जोड्नुपर्छ। दैनिक उपचार र स्वास्थ्य स्याहारमा बजेट छुट्याइए पनि जनस्वास्थ्य प्रणाली विकासमा प्रविधिको पाटो बजेटले फोकस गरेन”, उनले थपे।

तल्लो तहमा एप्स र टेक्नोलोजी जोड्नुपर्ने अवस्था भए पनि बजेटमा नसमेटिएको उनले उल्लेख गरे। चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने, थप अस्पताल निर्माण गर्ने विषय बजेटमा समेटिनु राम्रो पक्ष भएको बताए।

अर्का जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले महामारीका बेला २१ अर्ब बजेट आउनु गर्वको कुुरा भएको बताए। तर, कोभिड-१९ टेस्टको दायरा बढाउनेतर्फ केन्द्रित नभएको उनले टिप्पणी गरे।

“बजेटमा खोपको आवश्यकतालाई परिपूर्ति गर्ने, दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि, दिनमा १० हजार परीक्षण गर्ने पीसीआर र किटहरूतर्फ अझै केन्द्रित हुनुपर्ने आवश्यकता थियो”, उनले देखापढीसँग भने।

आज प्रस्तुत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याइएको छ। गत वर्ष स्वास्थ्य मन्त्रालयको बजेट ६८ अर्ब ७८ करोड बजेट थियो। गतवर्षभन्दा यसवर्ष २१ अर्ब ९१ करोड बढी बजेट आएको छ।

प्रतिक्रिया दिनुहोस्