सुदूरपश्चिमकाे प्रदेश राजधानी निर्माण कार्य अघि बढाइने

कैलाली। सरकारले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माण कार्यलाई अगाडि बढाउने बताएको छ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गोदावरीमा सुदूरपश्चिमकाे राजधानी बनाउने कार्य अगाडि बढाइने बताएका हुन्।

उनले राजधानीमा आवश्यक भौतिक पूर्वाधार विकास गर्न आवश्यक बजेट व्यवस्थापन गरेको घोषणा गरेका छन्। उनका अनुसार आगामी आर्थिक वर्षभित्रै उक्त कार्य सम्पन्न हुनेछ।

१२ असाेज २०७५ मा सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको जंगलमा राख्ने निर्णय भएको थियो।

प्रदेश सभाकाे दुई तिहाइ बहुमतले कैलालीको गोदावरी जंगलमा राजधानी बनाउने निर्णय गरेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्