युवती बलात्कार गरेको अभियोगमा पूर्वडीएसपी खिउजु पुर्पक्षका लागि थुनामा

काठमाडौं। महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुरका तत्कालीन प्रहरी प्रमुख रहेका पूर्वडीएसपी राजकुमार खिउजुलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

२१ वर्षीया युवतीलाई कार्यालयमै बलात्कार गरेको अभियोग लागेका खिउजुलाई जिल्ला अदालत ललितपुरले आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

अदालतको आदेशसँगै उनी पूर्पक्षका लागि नख्खुस्थित कारागार पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

जिल्ला सरकारी वकीलको कार्यालयले दायर गरेको अभियोग पत्रमा तत्काल प्रमाण हेर्दा थुनामा राख्नुपर्ने देखिएको भन्दै अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो।

स्थानीय एक युवतीले आफू प्रहरी रिपोर्ट बनाउन गएका बेला कार्यालयमै बलात्कार गरेको भन्दै खिउजुविरुद्ध जाहेरी दिएकी थिइन्।

युवतीको जाहेरी लगत्तै फरार रहेका पूर्वडीएसपी खिउजुलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको थियो।

सरकारी वकील कार्यालयले ललितपुर जिल्ला अदालतमा हिजो अभियोग पत्र दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्