डीएसपीमा बढुवा भएका ६० जनाको पदस्थापन, ६ जनाको सरुवा
हिजो दर्ज्यानी चिन्ह लगाएका डीएसपीहरूको आज पदस्थापन गरिएको हो।
डीएसपीहरु पृथ्वीनारायण ओलीको सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगर, केदार राज पन्तको जिल्ला प्रहरी कार्यालय गुल्मी, सुर्यबहादुर थापाको जिल्ला प्रहरी कार्यालय चितवन, प्रतिक विष्टको जिल्ला प्रहरी कार्यालय कैलाली, चतुर्भुज ओझाको प्रहरी प्रधान कार्यालय कार्य विभाग विपद व्यवस्थापन महाशाखा, राकेश थापा जिल्ला प्रहरी कार्यालय झापा, सुवास खड्का जिल्ला प्रहरी कार्यालय बाँके पदस्थापन गरिएको छ।
त्यस्तै अमरबहादुर थापा क्षेत्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, पुर्णिमाकुमारी चन्द प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान महाशाखा नक्साल र अन्य प्रहरी नायव उपरीक्षकहरुको विभिन्न ठाउँमा पदस्थापन गरिएको छ।
प्रहरी प्रधान कार्यालयले ६ डीएसपीहरुको सरुवा गरेको छ। महानगरीय प्रहरी वृत महाराजगञ्जमा रोशन खड्का, स्वयम्भुमा नारायण भट्ट,गौशालामा जितेन्द्र बस्नेत, सिंहदरबार वृतमा दक्षकुमार बस्नेत, बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्दको सरुवा गरेको छ।
प्रतिक्रिया दिनुहोस्