गड्डाचौकी नाकामा फहरायो ७७ फिटको नेपालको झण्डा

कञ्‍चनपुर। नेपाल-भारत सीमा नाका गड्डाचौकीमा ७७ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिएको छ।

१३ औं गणतन्त्र दिवसको अवसर पारेर आज नेपालको पश्‍चिमी सो नाकामा झण्डोत्तोलन गरिएको हो।

नेपाल र नेपालीको पहिचानका लागि भीमदत्त नगरपालिकाले पश्चिमी सीमा नाकामा ७७ फिटको स्तम्भमा नेपाली झण्डा फहराएको छ।

भीमदत्तका नगर नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप-प्रमुख सुशिला चन्द सिह, र प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा झण्डोत्तोलन गरे।

झण्डोत्तोलनपछि प्रमुख जिल्ला अधिकारी खतिवडाले नाकामा राखिएको झण्डाले राष्ट्रको प्रतिनिधित्व गरेको बताए।

'यो झण्डा हाम्रो मान, सम्मान र प्रतिष्ठा र गौरब हो", उनले भने।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पश्चिमी नाकामा फहराएको झण्डाबाट नेपाल र नेपालीको पहिचानलाई विश्वभर थप बलियो बनाउन सहयोग पुग्ने बताए।

“माटो जन्मभूमि बिर्स्यौं भने मुलुक बन्न सक्दैन, त्यसका लागि सबै हामीमा इच्छा र प्रतिवद्धता चाहिन्छ। त्यसैले यो झण्डाले विश्वभर एकताको सन्देश दिन्छ। राष्ट्रियताको सन्देश दिन्छ, राष्ट्रियता र पहिचानलाई सृदृढ बनाउन थप सहयोग पुग्छ ।” नगर प्रमुख विष्टले भने।

भीमदत्त नगरपालिकामा गत वर्षदेखि झण्डा फहराउन थालिएको हो। नगरपालिकाले झण्डासंगै पार्क निर्माण गर्ने योजना समेत बनाएको छ।

भारतमा अंग्रेजहरूले सन् १९२० मा महाकाली नदीमा शारदा बाँध बनाएपछि पश्चिमी नाका प्रयोगमा आएको हो।

प्रतिक्रिया दिनुहोस्