पूर्वगृहमन्त्री शर्माले गरे सुरक्षाकर्मी फिर्ता <p>काठमाडौं। पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नो सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी फिर्ता गरेका छन्।</p> <p>उनले आफूसँग रहेका १० जना सशस्त्र प्रहरीसहित गाडी फिर्ता गरेका हुन्।</p> <p>नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका शर्माको व्यक्तिगत सुरक्षाको लागि गृह मन्त्रालयले सशस्त्र प्रहरीका सईको नेतृत्वमा टोली खटाएको थियो।</p> <p>शर्माले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई खादा लगाएर बिदाइ गरेको उनको निजी सचिवालयले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्