चीनसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना
<p>काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङमा बीओपी स्थापना गरेको छ।</p>
<p>लोमान्थाङ् गाउँपालिका-४, नेचुङ्गमा बीओपी स्थापना गरिएको हो।</p>
<p>सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बीओपीको उद्घाटन गरेका हुन्।</p>
<p>यसअघि दार्चुलाको छांगरुमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
