कपिलवस्तु र दाङमा थपिए ११ जना कोरोना संक्रमित, १०५३ पुग्यो संक्रमितको संख्या
काठमाडौं। कपिलवस्तु र दाङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमूना परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प्रसाद देवले कपिलवस्तुमा ९ र दाङमा २ जनामा संक्रमण भेटिएको बताए।

संक्रमित पुष्टि हुनेहरुमा दाङको गढवा गाउँपालिका १ का २८ वर्षीय पुरुष र वडा नम्बर २ का ४१ वर्षीय पुरुष छन्।

त्यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिका ३ का २३ र ३० वर्षीय पुरुष, वडा नम्बर ५ का २६ वर्षीय पुरुष र वडा नम्बर ७ का १७, ३७, ३९, ४०, ४३ र ५२ वर्षीय पुरुषहरू रहेका छन्।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु हुन्।

योसहित नेपालमा संक्रमितको संख्या एकहजार ५३ पुगेको छ। आज मात्रै १५६ नयाँ संक्रमित थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्