माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिने <p>काठमाडौं। सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ।</p> <p>शिक्षालाई उच्च प्राथमिकतामा राख्दै अर्थमन्त्री डा. युवराज खतिवडाले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क बनाउने घोषणा गरेका हुन्।</p> <p>आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिनेछ। त्यस्तै मातृभाषाको शिक्षालाई मूलधारमा ल्याइने भएको छ। साथै साक्षर नेपाल घोषणा गरिनेछ।</p>
प्रतिक्रिया दिनुहोस्