देशैभरका क्वारेन्टाइनमा ८६ हजार, पछिल्लो २४ घण्टामा १५ हजार थपिए
काठमाडौं। पछिल्लो २४ घण्टामा देशैभर क्वारेन्टाइनमा १५ हजार थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा बस्ने मानिसहरू सबैभन्दा धेरै थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर क्वारेन्टाइनमा १५ हजार ७५२ जना थपिएका मन्त्रालयले जनाएको छ।

आज ८६ हजार ५७ जना मानिसहरु क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। हिजो ७० हजार ३०५ जना थिए।

भारतबाट नेपालीहरू आउने क्रम तीव्र बनेसँगै क्वारेन्टाइनमा दैनिक १२ देखि १५ हजार थपिइरहेका छन्।

मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार हालसम्म देशैभर क्वारेन्टाइन बेड संख्या एकलाख १७ हजार ४४ वटा छ।

अहिलेकै संख्यामा मानिसहरु आउने क्रम रह्यो भने एक/दुई दिनमा नै क्वारेन्टाइनमा मानिसहरु भरिने छन्। त्यसपछि क्वारेन्टाइमा राख्न बेडको अभाव हुने देखिन्छ।

सबैभन्दा धेरै प्रदेश ५ मा २९ हजार १५८ जना मानिसहरु क्वारेन्टाइनमा छन्।

सुदूरपश्चिममा २२ हजार २१५, कर्णाली प्रदेशमा १४ हजार ८३४, प्रदेश २ मा १४ हजार १४, प्रदेश १ मा दुई हजार ९१, बागतीमा एक हजार ६३१ र गण्डकीमा दुई हजार २०४ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्